सानिमा बैंकको कार्ड वा मोबाइल बैंकिङ्गबाट कुशे औंशीमा भुक्तानी गर्दा २० प्रतिशतसम्म

  • Technology Khabar | १० भाद्र २०७९, शुक्रबार
सानिमा बैंकको कार्ड वा मोबाइल बैंकिङ्गबाट कुशे औंशीमा भुक्तानी गर्दा २० प्रतिशतसम्म

काठमाडौं ।

सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ।

उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि.(द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन्।

सानिमा बैंकको डेविट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्गबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट क्यूआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु. १०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुने बैंकले जनाएको छ।

प्रकाशित: १० भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...