
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२३ अल्ट्रा आफ्नो पूर्ववर्तीको जस्तै क्यामरा डिजाइनमा आउने भएको छ।
जीएसएमएरिनाले टिपस्टर आईस यूनिसर्भलाई उल्लेख गर्दै सामसङ एस२३ अल्ट्राको डिजाइन सामसङ एस२२ अल्ट्रा जस्तै रहेको लेखेको छ।
यी दुई फोनको क्यामरा डिजाइन भने समान रहेको छ। दुई मोडलको समग्र डिजाइन र आयामहरु अपरिवर्तित रहनेछन्।
बाँकी ग्यालेक्सी एस२३ लाइनअपले एस२३ अल्ट्राको क्यामरा लुक वा पुरानो डिजाइन कुनमा उपलब्ध हुन्छ भन्ने विषय महत्वपूर्ण रहेको छ।
नन् अल्ट्रा एस२१ र एस२२ फोनको क्यामरा बम्पहरु समान भएकाले डिजाइन परिवर्तन हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित: १० भाद्र २०७९, शुक्रबार