साउदी अरेबियाले फिफा विश्वकप सिजनमा डिजिटल ‘हया’ कार्ड धारकलाई स्वागत गर्ने

  • Technology Khabar | १० भाद्र २०७९, शुक्रबार

काठमाडौं ।

साउदी अरेबियाले फिफा विश्वकप कतार २०२२ सिजनमा ‘हया’ कार्ड धारकलाई स्वागत गर्ने भएको छ। साउदी अरेबियाको विदेश मन्त्रालयले विश्वकपका लागि हया कार्ड धारकले ६० दिनसम्म साउदी भ्रमण गर्ने अनुमति प्रदान गरेको हो।

साउदी अरेबियाको विदेश मन्त्रालयले आफ्नो आधिकारिक ट्विटर एकाउन्ट मार्फत यस विषयको पुष्टी गरेको अर्गामले उल्लेख गरेको छ।

‘हया कार्ड धारकहरुलाई राज्य प्रवेश भिसाको आवेदन स्वीकार गरिनेछ,’ मन्त्रालयको ट्विटरमा लेखिएको छ, ‘एकीकृत राष्ट्रिय प्लेटफर्म मार्फत इलेक्ट्रोनिक माध्यमबाट भिसा आवेदन दिनेलाई विश्वकप शुरु हुनुभन्दा १० दिन अघि राज्य प्रवेश गर्ने अनुमति दिइनेछ।’

भिसा आवेदन गर्ने तरिका र भिसा प्राप्त गर्ने संयन्त्रबारेमा मन्त्रालयले पछि घोषणा गर्नेछ।

भिसा धारकहरुले भिसाको वैधता अवधिमा कयौं पटक राज्य प्रवेश गर्न तथा छोड्न सक्ने अधिकार पाउनेछन्। यद्यपि राज्यमा आउनु अघि कतार प्रवेश अनिर्वाय छैन। साउदी अरब आउन आउनु अघि स्वास्थ्य बीमा अनिवार्य छ।

हया एक डिजिटल कार्ड हो जसले फिफा विश्वकप कतार २०२२ का सहभागीहरुका लागि अल राउन्ड अनुमतिको रुपमा काम गर्दछ। विश्वकपको टिक खरिद गरेपछि फ्यानहरुले कार्डको लागि आवेदन दिनुपर्छ। खेल हेर्नका लागि हया कार्ड अनिवार्य छ। खेल दिनहरुमा टिकट धारकहरुले निःशुल्क सार्वजनिक यातायात सहित अन्य धेरै सुविधाहरु प्राप्त गर्छन।

प्रकाशित: १० भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया