
काठमाडौं ।
‘साउथ एसिया टेलिकम्युनिकेसन रेगुलेटर्स काउन्सिल (एसएटीआरसी)’ सम्मेलन नेपालमा हुने भएको छ।
एसएटीआरसी दक्षिण एसियाली मुलुकका दूरसञ्चार नियामकहरुको साझा संगठन हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले आगामी असोज ३ देखि ५ गतेसम्म आयोजना गर्ने भएको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए।
टेक्नोलोजीखबरडटकमसँग कुरा गर्दै उनले भने,“ फाइभजी, आर्टिफिसियल इन्टिलिजेन्स (एआई), ब्लकचेन, मसिन लर्निङ लगायतका विषयमा छलफल हुनेछ।”
सम्मेलनमा दूरसञ्चार क्षेत्रसँग सम्बन्धित ३० जना विदेशी प्रतिनिधि र ५० जना नेपाली गरि ८० जनाको सहभागिता हुनेछ।
सम्मेलनमा नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहकहरूको घरसम्म सेवा दिने विषयमा छलफल हुने कार्यक्रम छ।
प्रकाशित: ९ भाद्र २०७९, बिहीबार