वार्षिक १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको घडी आयात

  • Technology Khabar | ९ भाद्र २०७९, बिहीबार
वार्षिक १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको घडी आयात

काठमाडौं ।

नेपालमा एक वर्षमा एक अर्बभन्दा बढीको विभिन्न प्रकारका घडीहरु भित्रने गरेका छन्।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मुल्य बराबरको घडी नेपालले आयात गरेको हो।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले १ अर्ब १० करोड १६ लाख ७९ हजार रुपैयाँको घडी भित्रिएको विभागले जनाएको छ।

सो अवधिमा उक्त मुल्यमा ९० भन्दा बढी विभिन्न प्रकारका घडी नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ।

गत वर्ष ७७ करोड ३ लाख ८२ हजार रुपैयाँको नाडी घडी नेपालमा भित्रिएको छ। सोही सयमा ७ करोड ३४ लाख ९५ हजार रुपैयाँको भित्ते घडी भित्रिएको देखिन्छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ६४ करोड ५८ लाख ९० हजार रुपैयाँको विभिन्न प्रकारका घडी नेपालले आयात गरेको थियो।

प्रकाशित: ९ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...