सूचना महामार्ग पूर्वाधार अन्तर्गत अप्टिकल फाइबर बिछ्याईदै, २५.९८% काम पूरा

  • Technology Khabar | ९ भाद्र २०७९, बिहीबार
सूचना महामार्ग पूर्वाधार अन्तर्गत अप्टिकल फाइबर बिछ्याईदै, २५.९८% काम पूरा

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तरगत संचालित सूचना महामार्ग पूर्वाधार निर्माण अन्तरगत हालसम्म १ हजार ६४५ किलोमिटर अप्टिकल फाइबर बिछ्याएको छ।

प्राधिकरणका अनुसार कुल ६ हजार ३३१ किलोमिटरमध्ये करिब २६ प्रतिशत अर्थात २५.९८ प्रतिशत मात्र भौतिक प्रगति देखिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बिहिबार ब्रोडब्याण्ड इन्टरनेट एक्सेस र सूचना महामार्ग पूर्वाधार निर्माणमा भएका हालसम्मको प्रगति बिबरणहरु सार्वजनिक गरेको छ ।

जसअन्तरगत वैशाख मसान्तसम्म केबल १,३२५ किलोमिटर अप्टिकल फाइबर प्याकेज १ अन्तरगत बिछ्याईएको छ ।

सूचना महामार्ग पूर्वाधार निर्माण (इन्फर्मेशन हाईवे) अन्तरगत मध्यपहाडी लोकमार्ग भएर सबै जिल्ला सदरमुकामसम्म ब्रोडब्याण्ड अप्टिकल फाइबर बिछ्याउने योजना रहेको छ ।

अप्टिकल फाइबर

सो योजनालाई तीनवटा प्याकेजमा विभागन गरिएकोमा २०७९ साउन मसान्तसम्म ६०.८प्रतिशत किलोमिटर अप्टिकल फाइबर बिछ्याईएको छ।

सम्झौताअनुसार प्याकेज १ को प्रदेश १, २ र ३ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)ले २ हजार २७९ किलोमिटर, प्याकेज २ अन्तरगत प्रदेश नम्बर ४ र ५ मा यूनाइटेड टेलिकम लिमिटेड(यूटिएल)द्धारा २ हजार १६० किलोमिटर तथा प्याकेज ३ अन्तरगत प्रदेश नम्बर ६ र ७ मा नेपाल टेलिकमले १ हजार ९९२ किलोमिटर अप्टिकल फाइबर नेटवर्क निर्माण गर्नुपर्ने थियो।

कुल ६ हजार ३३१ किलोमिटरमध्ये केबल नेपाल टेलिकमले प्याकेज १ अन्तर्गत २ हजार १७९ किलोमिटर मात्र बिछ्याउन सफल भएको हो। यसमा सेवा प्रदायकबाट २ हजार ८३.५ किलोमिटर मात्र हुन गएको छ।

प्रतिशतको आधारमा हेर्दा हालसम्मको अप्टिकल फाइबर बिछ्याउने कार्यको प्रगति प्रदेश १ मा ६०.८० प्रतिशत काम भएको छ।

प्रदेश २ मा मुद्दा लागेकाले काम भएको छैन भने प्रदेश ३ मा १६.६ प्रतिशत काम भएको नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ।

सूचना राजमार्गको लागि ९ अर्ब ८९ करोड १७ लाख रुपैयाँ सम्झौता भएको छ। यसमा हालसम्म २ अर्ब ९ करोड ३८ लाख ६७ हजार ५६ रुपैयाँ परियोजनाको वित्तिय प्रगति भएको दुरसञ्चार प्राधिकरणले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...