रेडमी नोट ११ एसई चार्जर बिना भारतमा ढुवानी हुने

  • Technology Khabar | ९ भाद्र २०७९, बिहीबार
रेडमी नोट ११ एसई चार्जर बिना भारतमा ढुवानी हुने

काठमाडौं ।

शाओमीले शुक्रबार भारतमा रेडमी नोट ११ एसई सार्वजनिक गर्ने भएको छ। ह्यान्डसेट सार्वजनिक अघि कम्पनीले मूल्य बाहेक सम्पूर्ण फिचरहरु सार्वजनिक गरिसकेको छ। उक्त विवरण कम्पनीको आधिकारिक वेबसाइटबाट खुलासा गरिएको थियो।

एमआई डटकममा सार्वजनिक अघि सूचीकृत गरिएको रेडमी नोट ११ एसई चार्जर बिना भारतमा ढुवानी गर्न सकिने संकेत गरेको गिज्मोचाइनाले उल्लेख गरेको छ। प्याकेज सामग्रमा चार्जर खण्ड उल्लेख गरिएको छैन।

हालसम्म यो एक टाइपो वा वास्तविक तथ्य के हो भन्ने थाहा छैन। कम्पनीले पनि चार्जरको सम्बन्धमा कुनै जानकारी उपलब्ध गराएको छैन। यद्यपि सम्भावनालाइृ नकार्न नसकिने गिज्मोचाइनाले लेखेको छ।

यदि यो सत्य हो भने रेडमी नोट ११ एसई शाओमीको चार्जर बिना ढुवानी गरिने पहिलो बजेट स्मार्टफोन हुनेछ।

प्रकाशित: ९ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...