काठमाडौं ।
नेपाली बजारमा शाओमीले अल्ट्रा स्लिम शाओमी १२ लाइट सार्वजनिक गरेको छ। १०८ मेगापिक्सेलको मुख्य क्यामरा भएको शाओमी १२ लाइट नेपालमा सार्वजनिक भएको हो।
६.५५ इन्चको एमोलेड डिस्प्ले राखिएको फोनमा ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेटले प्रयोगकर्तालाई अत्यन्तै स्मुथ अनुभव प्रदान कम्पनीको भनाइ छ ।
त्यस्तै आँखामा पर्ने प्रेसर कम गर्न यसमा सन लाइट मोड ३.०, रिडिंग मोड ३.० र ट्रु डिस्प्ले राखिएको छ । डुअल स्टेरियो स्पिकर र डल्बि एट्मस स्पासियल अडियो टेक्नोलोजी पनि साओमी १२ लाइटमा प्रयोग भएको छ ।
शाओमी १२ लाइटमा स्न्यापड्रयागन ७७८ जी चिपसेट राखिएको छ । यसले राम्रो परफर्मेन्स प्रदान गर्नुका साथै मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउने छ। त्यस्तै फोनमा ४३०० एमएएचको ब्याट्री रहेको छ।
कम्पनीकाअनुसार शाओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजी पनि अप्टिमाइज गर्छ।
६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको शाओमी १२ लाइटको मूल्य ५० हजार ९९९ रूपैयाँ तोकिएको छ भने ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको फोनको मूल्य ५३ हजार ९९९ रूपैयाँ तोकिएको छ।
प्रकाशित: ९ भाद्र २०७९, बिहीबार