काठमाडौं ।
चिनियाँ ई-वाणिज्य विशाल जेडी डटकम इंकले त्रैमासिक राजस्वको लागि वाल स्ट्रीटको अनुमानलाई उछिनेको छ। चीनमा कोरोनाभाइरस नियन्त्रण गर्न गरिएको लकडाउनले अनलाइन किनमेल र कम्पनीको “६१८” किनमेल कार्यक्रमलाई बढावा दिएसँगै आम्दानी अनुमान पुरा गरेको हो।
कम्पनीले दोस्रो त्रैमासिक २६७.६ अर्ब युआन ( ३९.०७ अर्ब डललर) को राजस्व रिपोर्ट गर्यो, जुन वर्षको तुलनामा ५.४ प्रतिशत माथि छ। यो विश्लेषकहरूको औसत अनुमान २६२.३१ बिलियन युआन भन्दा उच्च रहेको रोयटर्सले उल्लेख गरेको छ।
राजस्व पहिलो छ महिनामा ११ प्रतिशतले बढेर ५०७.३ अर्ब बिलियन युआन पुगेको छ।
यसको उत्पादन खण्डमा बिक्री, जसमा अनलाइन खुद्रा बिक्री समावेश छ, त्रैमासिकमा २.९ प्रतिशतले बढ्यो, जबकि लजिस्टिक र मार्केटिङ जस्ता सेवाहरूबाट २१.९ प्रतिशत बढ्यो।
“हामी सूचीबद्ध भएदेखि दोस्रो त्रैमासिक सबैभन्दा चुनौतीपूर्ण त्रैमासिक हो,” जेडी डटकमका प्रमुख कार्यकारी सु लेईले विश्लेषकहरूसँगको कलमा भने।
मुख्यतया महामारीका कारण चुनौती रहेको उनले बताए।
प्रकाशित: ९ भाद्र २०७९, बिहीबार