काठमाडौं ।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया ३० अगष्ट अर्थात भदौ १४ गतेदेखि शुरु हुने भएको छ। एक महिनाभन्दा लामो समयसम्म चल्ने प्रतियोगिता २ अक्टोबरमा सकिनेछ।
दक्षिण एशियाका लागि ठूलो पुरस्कार राशीको पब्जी प्रतियोगिताको आयोजकमा नडविन गेमिङ र क्राफ्टन रहेका छन्। प्रतियोगिता सञ्चालन हुने मिती तय भए पनि पुरस्कार राशी भने घोषणा हुन बाँकी छ।
उपाधीका लागि दक्षिण एशिया क्षेत्रका शीर्ष २० टिमले प्रतिस्पर्धा गर्नेछन्। यस प्रतियोगिताको पूर्व विजेताको रुपमा स्टलवार्ट ईस्पोर्टस् रहेको छ। यस प्रतियोगिता लिग र फाइनल गरी दुई चरणमा खेलाइने छ।
यी हुन् सहभागी टिम
प्रकाशित: ९ भाद्र २०७९, बिहीबार