काठमाडौं ।
भारतमा छिट्टै नै फाइभजी सेवा शुरु हुनेछ। जागरणका अनुसार भारतका दुई प्रमुख टेलिकम सेवा प्रदायक रिलायन्स जियो र एयरटेलले सेक्टेम्बरको अन्त्यसम्ममा फाइभजी सेवा शुरु गर्ने तयारी गरिरहेका छन्।
रिपोर्टका अनुसार भारतमा फाइभजी सेवा चरणवद्ध रुपमा शुरु हुनेछ। पहिलो चरणमा भारतका १३ मुख्य शहरमा फाइभजी सेवा शुरु हुनेछ। अहमदाबाद, बैंगलोर, चन्डीगढ, चेन्नाई, दिल्ली, गान्धीनगर, गुरुग्राम हैदराबाद, जामनगर, कोलकता, लखनऊ, मुम्बई र पुणेमा पहिलो चरणमा दूरसञ्चार सेवा प्रदायकले फाइभजी सेवा सञ्चालन गर्नेछन्।
गत हप्ता भारतका केन्द्रिय दूरसञ्चार मन्त्री अश्विनी वैष्णवले दूरसञ्चार सेवा प्रदायकलाई स्पेक्ट्रम बाँडफाडको पत्र प्रदान गर्दै फाइभजी सेवा सार्वजनिक गर्न तयार रहन भनेका थिए। भारतमा एयरटेल, रिलायन्स जियो, अदानी डाटा नेटवक्र्स र भोडाफोन आइडियाले फाइभजी सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेका छन्।
प्रकाशित: ९ भाद्र २०७९, बिहीबार