काठमाडौं ।
टेस्लाले क्यालिफोर्नियाको एजेन्सीलाई मुद्दा खारेज गर्न आग्रह गरेको छ।
क्यालिफोर्निया एजेन्सीले पूर्वाग्रह राखेर मुद्दा गरेकाले खारेजको लागि आग्रह गरेको रोयटर्सले जनाएको छ।
केही समयअघि टेस्लाले आफ्ना कर्मचारीहरूलाई भेदभाव गरेको आरोप लगाउँदै मुद्दा दायर भएको थियो।
टेस्लामाथि कर्मचारीमाथि जातिय, धर्म ठूलो सानो पद कामको अवस्थाका बारेमा भेदभावको आरोप लागेको छ।
काम गर्ने कर्मचारीहरू राजनितिक रूपमा प्रभावित भई अघोषित विरोधमा उत्रिएकाले समस्या देखिएको टेस्साले जनाएको छ।
टेस्लाका वकिलहरूले क्यालिफोर्नियाका न्यायाधीशलाई राज्यको नागरिक अधिकार एजेन्सीले विद्युतीय कार निर्मातालाई राजनितिक दबाब परेको आरोपको मुद्दा फिर्ता लिन आग्रह गर्दैछन्।
ओकल्याण्डमा क्यालिफोर्निया सुपीरियर कोर्टका न्यायाधीश इभेलियो ग्रिलोले राज्यको नागरिक अधिकार विभाग (डिसीआर) द्वारा मुद्दा खारेज गर्न टेस्लाको बोलीको बारेमा सुनुवाई हुने अपेक्षा गरिएकोछ।
विरोध गरेर विश्वव्यापी नकारात्मक सन्देश दिनका लागि थालिएको अभियान खारेज हुनुपर्ने टेस्लाको भनाई छ।
कूनै पनि राजनितिक पार्टीलाई टेस्लाले अनावश्यक रकम खर्च गर्न नसक्ने र आर्थिक वृद्विको लागि मात्र अघि बढ्ने जनाएको छ।
प्रकाशित: ९ भाद्र २०७९, बिहीबार