बेलायत सरकारले ईभी चार्जरमा २० मिलियन पाउण्ड लगानी गर्ने

  • Technology Khabar | ९ भाद्र २०७९, बिहीबार
बेलायत सरकारले ईभी चार्जरमा २० मिलियन पाउण्ड लगानी गर्ने
सांकेतिक तस्विर

काठमाडौं ।

बेलायत सरकारले ९ स्थानीय निकायमा विद्युतीय सवारीसाधन चार्जर जडान गर्न २० मिलियन पाउण्ड लगानी गर्ने भएको छ।

बेलायत सरकारले बार्नेट, डोर्सेट, डरहम, केन्ट, मिडल्यान्ड्स, नर्थ योर्कशायर, नटिंघमशायर, सफोक र वारिङ्टनमा १ हजार भन्दा बढी नयाँ ईभी चार्जर जडान गर्ने अटोकारले उल्लेख गरेको छ।

कुल २० मिलियन पाउण्डमध्ये १०.५ मिलियन पाउण्ड सरकारको ४५० मिलियन पाउण्ड स्थानीय ईभी पूर्वाधार पायलट योजनबाट प्राप्त हुनेछ। जसबाट सडक चार्जर तथा ठूला चार्जिङ हबहरु लगायत पूर्वाधार निर्माण गरिनेछ।

८.६ मिलियन पाउण्ड निजी चार्जर अपरेटरहरुबाट र बाँकी १.९ मिलियन पाउण्ड स्थानीय सरकारद्वारा प्रदान गरिनेछ।

नयाँ चार्ज पूर्वाधारले ईभीबाट लामो यात्रा गर्न चाहनेका लागि सहयोग पुग्ने सरकारले विश्वास लिएको छ। साथै इलेक्ट्रिक सवारीको बिक्री पनि बढ्ने सरकारको अनुमान छ।

‘उद्योग र स्थानीय सरकारसँग मिलेर हामी ईभी चार्ज पोइन्टलाई आफ्नो विश्व अग्रणी नेटवर्कमा विस्तार र विकास गर्न चाहन्छौं,’ डेकार्बोनाइजेशन मन्त्री ट्रुडी ह्यारिसनले भने।

प्रकाशित: ९ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया