दक्षिण कोरियामा आफ्नै क्रिप्टो एक्सचेन्ज शुरु गर्दै सामसङ

  • Technology Khabar | ९ भाद्र २०७९, बिहीबार

काठमाडौं ।

सामसङले दक्षिण कोरियामा आफ्नै क्रिप्टो एक्सचेन्ज शुरु गर्ने भएको छ। दक्षिण कोरियाली समाचार एजेन्सी उल्लेख गर्दै डेलीक्वाइनले सामसङले सन् २०२३ को शुरुमा दक्षिण कोरियामा आफ्नै क्रिप्टो एक्सचेन्ज शुरु गर्ने लेखेको छ।

सामसङले सहायक कम्पनी सामसङ सेक्युरिटी मार्फत क्रिप्टो एक्सचेन्ज शुरु गर्नेछ। सामसङ सेक्युरिटीले स्टक ब्रोकरेज सम्पत्ति व्यवस्थापन, कर्पोरेट फाइनान्स र स्वामित्व व्यापारसम्का सेवाहरु प्रदान गर्नेछ।

समाचार रिपोर्टका अनुसार, ‘सामसङ सेक्युरिटीले ब्लकचेनमा आधारित सुरक्षा टोकन व्यवसायमा कसरी प्रवेश गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको छ। गत वर्षको अन्त्यमा कम्पनीले सेक्युरिटी टोकन ट्रेडिङ प्लेटफर्मको विकास तथा सञ्चालन र ब्लकचेन स्मार्ट सम्झौता विकास गर्न सक्ने जनशक्ति खोज्ने प्रयास गरेको थियो। तर कम्पनीले यसमा सफलता पाउन सकेको छैन।’

कोरियाका ७ ओटा ठूला धितोपत्र कम्पनीले आगामी वर्षको मध्यमका लागि भर्चुअल एसेट एक्सचेन्ज स्थापनाका लागि वित्तीय प्राधिकरणबाट प्रारम्भिक स्वीकृति र निगम स्थापनका लागि निवेदन दिएका छन्।

प्रकाशित: ९ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया