काठमाडौं ।
होप इलेक्ट्रिक मोबिलिटीले भारतमा हाई स्पिड इलेक्ट्रिक मोटरसाइकल होप ओएक्सओ सार्वजनिक गर्ने भएको छ। ड्राइभस्पार्कका अनुसार होप ओएक्सओ ५ सेक्टेम्बरमा भारतमा सार्वजनिक हुनेछ।
होप मोबिलिटीले आफ्नो आगामी इलेक्ट्रिक मोटरसाइकलका लागि अटोमोटिभ रिसर्च एसोसिएशन अफ इन्डिया (एआरएआई)बाट प्रमाणिकरण प्राप्त गरेको छ।
रिपोर्टका अनुसार होप ओएक्सओ हाई स्पिड इलेक्ट्रिक मोटरसाइकल हुनेछ जसको टप स्पिड १०० किलोमिटर प्रति घण्टा हुनेछ। मोटरसाइकलमा उच्च क्षमताको लिथियम आयन ब्याट्री प्याक प्रयोग गरिएको छ। जसले फुल चार्जमा १५० किलोमिटरको रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार होप ओएक्सओ इलेक्ट्रिक मोटरसाइकल भारतको २० शहरमा ३० हजा किलोमिटर भन्दा धेरै चलाएर परीक्षण गरिएको छ।
ईबाइक उत्पादनका लागि होप मोबिलिटीले जयपुरमा अत्याधुनिक मेगाप्लेक्स सार्वजनिक गरेको छ।
यस प्लान्टबाट कम्पनी वार्षिक १ लाख ८० हजार यूनिट ईबाइक उत्पादन गर्ने लक्ष्य लिएको छ। वर्तमानमा कम्पनीले लियो र एलवाईएफ रेञ्जको स्कुटर निर्माण गरिरहेको छ। उक्त प्लान्टमा छिट्टै एलवाईएफ२.० र ओएक्सओ सवारी पनि निर्माण शुरु गरिनेछ।
हाल कम्पनीले दैनिक १०० इलेक्ट्रिक स्कुटर उत्पादन गरिरहेको छ। उत्पादन क्षमता बढाउने योजनामा कम्पनी छ।
कम्पनीले भारतभर ५० भन्दा धेरै डिलरशिप नेटवर्क सञ्चालन गरिरहेको छ। कम्पनीले आगामी ३ वर्षमा भारतीय बजारमा थप १० इलेक्ट्रिक दुई पांग्रे सार्वजनिक गर्ने योजना बनाएको छ।
प्रकाशित: ९ भाद्र २०७९, बिहीबार