
काठमाडौं ।
इलन मस्कको कलेजका दिनका तस्बिरहरू उनकी पूर्व प्रेमिका जेनिफर ग्विनले लिलामीको लागि राखेकी छिन्।
सन् १९९४ मा टेस्ला प्रमुखसँगको उनको सम्बन्धको सम्झनालाई उनले लिलामीमा राखेकी हुन्।
त्यतिबेला उनीहरू २० को दशकमा थिए र युनिभर्सिटी अफ पेन्सिल्भेनियामा पढ्दै थिए।
इन्डिपिन्डेन्टको रिपोर्टअनुसार ४८ वर्षिया ग्विनले आफ्नो सौतेनी छोराको शिक्षाको लागि रकम जुटाउन फोटोहरू लिलामीमा राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
क्यारोलिनामा बस्ने ग्वीन मस्कसँग एक वर्षसम्म प्रेमीप्रेमीका भएका थिए।
त्यो एक वर्षमा मस्क विश्वविद्यालय क्याम्पसको वरिपरि रमाइलो गरेको फोटो, साथीहरूसँग कोठामा सुतेको र कम्प्युटरमा काम गरिरहेको फोटो लिलामी राखिएका छन्।
आरआर लिलामीको अनलाइनमा राखिएका ति फोटाहरू अहिलेसम्म सार्वजनिक नभएकोले १०० अमेरिकी डलरबाट सुरु भएको छ।
प्रकाशित: ८ भाद्र २०७९, बुधबार