ह्याकरलाई एप्पलको चेतावनी

  • Technology Khabar | ८ भाद्र २०७९, बुधबार
ह्याकरलाई एप्पलको चेतावनी

काठमाडौं ।

एप्पलले आफ्ना विभिन्न प्रडक्टहरूमा गलत फाइदा नलिन ह्याकरलाई चेतानवी दिएको छ।

एप्पलका आइफोन, आइप्याड र म्याक प्रडक्टहरू ह्याकरको निशानामा परेका छन्।

एप्पलका प्रडक्टहरूको अपरेटिङ सिस्टमबाट गलत फाइदा उठाउन सक्ने जोखिम भएकाले त्यसो नगर्न, गरेको पाइएको कानुनी रूपमा कारबाहिको प्रकृयामा लाग्ने चेतावनी दिएको सीएनएनले जनाएको छ।

एप्पलले आफ्ना प्रयोगकर्तालाई प्रडक्टहरू (आइफोन, आइप्याड र म्याक) इमर्जेन्सी अपडेटलाई तुरुन्त अपडेट गर्न आग्रह गरेको छ।

नयाँ अपडेटसँगै प्रडक्टहरूको अपरेटिङ सिस्टममा देखिएका केही अनावश्यक तत्वलाई हटाएको पनि एप्पलले जनाएको छ।

ह्याकरले कुनै पनि आइफोन तथा आइप्याड ह्याक गर्नसक्ने र स्मार्टफोनमा छिर्न सक्ने भएकाले म्याक कम्प्युटरलाई पनि असर गर्ने भएकाले सर्तक रहन प्रयोगकर्तालाई एप्पलले आग्रह गरेको हो।

त्यसैले ह्याकरलाई अगाडी नबढ्न र कुनै पनि अवरोध खडा नगर्न चेतावनी दिएको हो।

प्रकाशित: ८ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...