
काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना नेपालमा करिब ४ करोड रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनमा ३ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको स्मार्टवाच आयात भएको छ। चालु आवको पहिलो महिनामा ३७ हजार २९१ यूनिट स्मार्टफोन आयात भएको हो।
नेपालमा अस्ट्रेलिया, चीन, भारत, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, पोर्चुगल, कतार, यूएई र अमेरिकाबाट स्मार्टवाच आयात हुने गरेको विभागको तथ्यांकमा देखिन्छ।
नेपालमा सबैभन्दा धेरै स्मार्टवाच चीनबाट आयात हुने गरेको छ। चीनबाट मात्रै ३ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ३७ हजार १६९ यूनिट स्मार्टवाच आयात भएको छ।
गत आवको सोही अवधिमा २ करोड ५४ लाख १६ हजार रुपैयाँ बराबरको २३ हजार २३६ यूनिट स्मार्टफोन आयात भएको थियो।
प्रकाशित: ८ भाद्र २०७९, बुधबार