डिजेआई म्याभिक ३ ड्रोन विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट अनावरण!

  • Technology Khabar | ८ भाद्र २०७९, बुधबार
डिजेआई म्याभिक ३ ड्रोन विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट अनावरण!

काठमाडौं ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट डिजेआई म्याभिक ३ ड्रोनमार्फत तस्विर र भिडियो खिचेर डिभाइस लन्च गरिएको छ।

नागरिक ड्रोन र क्रिएटिभ क्यामरा टेक्नोलोजीमा विश्वव्यापी लिडर डिजेआई र चिनियाँ फोटोग्राफी संगठन ८केआरएडब्लुले सगरमाथाको शिखरमा पहिलो पटक ड्रोन शूटिङ कार्य सफलतापूर्वक गरेको छ।

१ हजार भन्दा धेरै फोटोग्राफरहरूले आफ्नो प्लेटफर्ममा योगदान पुर्‍याएको

उनीहरुले यसको लागि डिजेआई म्याभिक ३ ड्रोन प्रयोग गरेका थिए।

डिजेआई म्याभिक ३ को हल्का र सानो फोल्डिंग डिजाइनले यसलाई विश्वको सर्वोच्च शिखरको शीर्षमा लैजान र प्रमुख व्यावसायिक-ग्रेड ४/३ सीमोस ह्यासलब्लाड क्यामराको साथ अभूतपूर्व हवाई छविहरू खिच्न सम्भव बनायो।

एक चलचित्र टोलीले अझ बढी हवाई दृश्य खिच्नको लागि सगरमाथाको शिखरबाट डिजेआई म्याभिक ३ ड्रोन लन्च गरेको हो।

डिजिटल ट्रेण्डको रिपोर्टअनुसार भिडियोको अधिकांश फुटेज डिजेआईको प्रभावशाली फ्ल्यागशिप ड्रोनद्वारा खिचिएको थियो, जुन नोभेम्बर २०२१ मा आएको थियो।

मे २७ को बिहान सबेरै शिखरमा सफलतापूर्वक पुगेपछि, ८केआरएडब्लु (8KRAW) टोलीका फोटोग्राफरहरूले सगरमाथाको चुचुरोमा एरियल शटहरू, पर्वतको क्लोज-अप शटहरू र अग्रभूमिमा सगरमाथा राखेर हिमालयको दृश्यहरू सिर्जना गर्न म्याभिक ३को प्रयोग गरे।

करिब तीन महिनाको अथक प्रयासपछि डिजेआई र ८केआरएडब्लुले संयुक्त रुपमा निर्माण गरेको एभरेष्ट एरियल सर्ट फिल्म “फ्लाइंग ओभर एभरेस्ट” औपचारिक रुपमा सार्वजनिक भएको छ।

फिल्मका प्रमुख निर्देशक र ८केआरएडब्लुका संस्थापक वाङ युआनजोङले भने: “८केआरएडब्लुले अन्तिम तस्बिरलाई पछ्याउन जारी राखेको छ। तीन वर्ष पहिले, हामीले सगरमाथाको हवाई फोटोग्राफी प्रयास गर्न थाल्यौं। शिखरको चुचुरोमा ड्रोन उडाउने र बाँकी शुटिङ पूरा गर्ने टोलीको लामो समयदेखिको चाहना थियो। आरोहण दिनमा न्यानो मौसम अवस्थाको साथ, प्रकाश र भरपर्दो म्याभिक ३ का कारण अन्ततः साकार भयो।”

हेर्नुस् भिडियो-

प्रकाशित: ८ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार