
काठमाडौं ।
चीनले पृथ्वी र माथि अन्तरिक्षमा अराजकता निम्त्याउन सक्ने कोरोनल मास इजेक्शनको बुझाइमा सुधार गर्ने उद्देश्यले सूर्यको अध्ययन गर्न समर्पित विश्वको सबैभन्दा ठूलो टेलिस्कोपहरू निर्माण गरिरहेको छ।
दाओचेङ्ग सौर्य रेडियो टेलिस्कोप (डीएसआरटी) दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको पठारमा निर्माण भइरहेको छ। यो पुरा हुने बेला सम्ममा यसमा १.९५ माइल (३.१४ किलोमिटर) को परिधि भएको सर्कल बनाइने प्रत्येक १९.७ फीट (६ मिटर) को व्यासको साथ ३१३ डिशहरू समावेश हुने स्पेसन्यूज डटकमले उल्लेख गरेको छ।
टेलिस्कोप एरेले रेडियो तरंगहरूमा आधारित सूर्यको कोरोनल मास इजेक्शन (सीएमईएस), सूर्यको माथिल्लो वायुमण्डलबाट चार्ज गरिएका कणहरूको ठूलो विस्फोट अर्थात कोरोनाको अध्ययन गर्नेछ।
सीएमईहरू ताराको चुम्बकीय क्षेत्रको पुन: समायोजनबाट ट्रिगर हुन्छन् जुन सूर्यको दागहरूको रुपमा देखिन्छन्। पृथ्वीमा निर्देशित हुँदा, यी विस्फोटहरूले पावर ग्रिडहरू, दूरसञ्चार, परिक्रमा गर्ने स्याटेलाइटहरूमा विनाश गर्न सक्छ र अन्तरिक्ष यात्रीहरूको सुरक्षालाई पनि जोखिममा पार्न सक्छ। अर्कोतर्फ, ध्रुवीय क्षेत्रहरूमा रातको समय आकाशमा देख्न सकिने रंगीन अरोराहरू बनाउनका लागि पनि सीएमईहरू जिम्मेवार छन्।
डीएसआरटीको निर्माणका तस्बिरहरू जूनमा चाइना न्यूज सर्भिसद्वारा प्रकाशित गरिएको थियो। साउथ चाइना मर्निङ पोस्टले रिपोर्ट गरेअनुसार एरे यस वर्षको अन्त्यसम्ममा पूरा हुने तालिकामा छ।
यो विकास चिनियाँ मेरिडियन परियोजना (फेज टू) भनिने भू-आधारित अन्तरिक्ष वातावरण निगरानी नेटवर्कको भाग हो।
रिपोर्टकाअनुसार रेडियोहेलियोग्राफले तीन हातको नागबेली व्यवस्थामा १०० ओटा डिशहरू समावेश गर्नेछ र सूर्य, सौर्य भौतिकी र अन्तरिक्ष मौसमको थप चिनियाँ अनुसन्धान गर्न डीएसआरटी भन्दा फराकिलो ब्यान्डमा सूर्यको अध्ययन गर्नेछ।
सम्पूर्ण परियोजनाले चीनका ३१ ओटा स्टेशनहरूमा विशेष देशान्तर र अक्षांशहरूमा तैनाथ गरिएका करिब ३०० उपकरणहरू चलाउने लक्ष्य राखेको छ। यो चाइनिज एकेडेमी अफ साइन्सेसको राष्ट्रिय अन्तरिक्ष विज्ञान केन्द्र (एनएसएससी) ले नेतृत्व गरेको छ र यसमा चीनका १० भन्दा बढी संस्था र विश्वविद्यालयहरू संलग्न छन्।
प्रकाशित: ८ भाद्र २०७९, बुधबार