बिहीबार सार्वजनिक हुने आईकू जेड६एक्स भिभो टी२एक्सको रिब्रान्डेड भर्सन

  • Technology Khabar | ७ भाद्र २०७९, मंगलवार

काठमाडौं ।

आईकूले अगष्ट २५ मा चीनमा आईकू जेड६ र आईकू जेड६एक्स सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। सोमबार जेड६ सार्वजनिक अघि चीनको टेलिकम वेबसाइटमा देखिएको थियो। जसको मध्यमबाट आईकूको आगामी स्मार्टफोनको फिचरहरुको बारेमा जानकारी प्राप्त भएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

कम्पनीका अनुसार आईकू जेड६एक्समा शक्तिशाली ६ हजार एमएएचको ब्याट्री रहेको छ। केही अन्य विवरणहरुका अनुसार आईकू जेड६एक्स भिभो टी सिरिज स्मार्टफोनको रिब्रान्ड भर्सन हुन सक्ने अनुमान गरिएको छ।

आईकू जेड६एक्स को रियर तस्बिर प्रस्तुत गरेर जेडी डटकममा प्रि–अर्डरका लागि सूचीमा राखिएको छ। यसबाट उक्त डिभाइस डुअल रियल फेसिङ क्यामरा र साइडमा फिंगरप्रिन्ट स्क्यान्रका साथ उपलब्ध छ।

डिभाइसले ४४ वाट फास्ट चार्ज सपोर्ट छ। रिपोर्टका अनुसार आईकू जेड६एक्स ३ भेरियन्ट ६ जीबी र्याम र १२८ जीबी स्टोरेज, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ। यो मिरर ब्ल्याक, आइस ब्लू र ब्लेजिङ ओरेन्ज कलरमा उपलब्ध छ।

आईकू ६एकस यस वर्षको जुनमा सार्वजनिक गरिएको भिभो टी२एक्सको रिब्रान्ड वा ट्वीक गरिएका भर्सन हुने सक्ने गिज्मोचाइनाले लेखेको छ। यी दुईमा समान डिजाइन र फिचर छन्।
भिभो टी२एक्स मा ६.५८ इन्चको आईपीएस एलसीडी डिस्प्लेमा टियरड्रप

नच छ। फोनले एफएचडीप्लस रिजोल्यूनमा १४४ हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ। डाइमेनसिटी १३०० द्वारा सञ्चालित डिभाइस अधिकतम ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ। र ६ हजार एमएएचको ब्याट्रीले ४४ वाटको फास्ट चार्ज सपोर्ट गर्छ। भिभो टी२एक्समा १६ मोपिक्सलको फ्रन्ट क्यामरा र ५० मेगापिक्सलको मुख्य क्यामराका साथ २ मेगापिक्सलको डेप्थ डुअल क्यामरा सिस्टम छ।

प्रकाशित: ७ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया