काठमाडौं ।
सोनी प्लेस्टेशन भीआर२ गेमिङ हेडसेट अर्को वर्षको शुरुवातमा सार्वजनिक हुने भएको छ। गिज्मोचाइनाका अनुसार सोनीले प्लेस्टेशन भीआर२ गेमिङ हेडसेट सन् २०२३ को शुरुवातमा सार्वजनिक गर्ने घोषणा गरेको हो।
कम्पनीले अर्को वर्षको शुरुवातमा सोनी प्लेस्टेशन भीआर२ गेमिङ हेडसेट सार्वजनिक गर्ने घोषणा गरे पनि आधिकारिक रुपमा सार्वजनिक गर्ने मिती भने तय गरिसकेको छैन।
कम्पनीले आगामी सोनी प्लेस्टेशन भीआर२ को बारेमा आफ्नो आधिकारिक इन्ट्राग्राम र ट्विटर मा ‘कमिङ अर्ली २०२३ ह्याट्याग पीएसभीआर२’ लेखिएको सन्देश सेयर गरेको छ।
आगामी गेमिङ हेडसेट कम्पनीले सन् २०१६ मा सार्वजनिक गरेको प्लेस्टेशन भीआर को उत्तराधिकारीको रुपमा आउने विश्वास गरिएको छ। सोनीले आगामी भर्चुअल रियालिटी उपकरणको विवरणहरुको बारेमा पहिले नै खुलासा गरिसकेको छ।
सोनी प्लेस्टेशन भीआर२ पहिलेको प्लेस्टेशन ५ कन्सोल र पीएस भीआर हेडब्यान्डकै समान रङमा उपलब्ध हुनेछ। यसमा उन्नत ह्याप्टिक्सका साथ अद्वितीय कम्पन प्रक्रिया र नियन्त्रक लगायत फिचर उपलब्ध हुने सोनीले वाचा गरेको छ।
सोनीद्वारा प्लेस्टेशन भीआर२ हेडसेटको थप विवरण प्रस्तुत
यसमा आँखा ट्र्याकिङ, दृश्यको ११०-डिग्री क्षेत्र, र फोभेटेड रेन्डरिङ टेक्नोलोजी सपोर्ट गर्छ। जसले आँखाको फोभियालाई अधिकतम रिजोल्युसन र थोरै पिक्सेलको साथ ग्राफिक्सलाई बढावा दिनमा बढी केन्द्रित हुन्छ।
हेडसेटमा वास्तविक संसार देखाउनको लागि पासथ्यु क्यामेराहरू छन्।
यसले भित्ताहरू, भुइँहरू र कुर्सीहरू र डेस्कहरू जस्ता अवरोधहरू पनि स्क्यान गर्न सक्षम छ। जसको मद्दतबाट खेल ठाउँको स्पष्ट संकेत प्राप्त गर्न सक्नुका साथै गेमप्लेको लागि आवश्यक सीमा सिर्जना गर्न सकिन्छ। यसमा सिंगल स्ट्रिम फुटेज रेकर्ड गर्नका लागि पीएस५को टीभी माउन्ड गरिएको क्यामरा प्रयोग गरेर लाइभ मोड पनि फिचर गर्न सकिन्छ।
प्लेस्टेशन भीआर२ले फोरके रिजोज्युसन र ९० हर्ज वा १२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ। सिंगल यूएसबी टाइप सी केबल प्रयोग गरेर डिभाइसलाई कन्सोलमा जडान गर्न सकिन्छ।
प्रकाशित: ७ भाद्र २०७९, मंगलवार