ओबेन रोर ई-बाइकको डेलिभरी अक्टूबरदेखि शुरु

  • Technology Khabar | ७ भाद्र २०७९, मंगलवार

काठमाडौं ।

भारतको बैंगलुर स्थित इलेक्ट्रिक मोबिलिटी स्टार्ट अप, ओबेन ईभीले यस वर्षको मार्चमा आफ्नो पहिलो उत्पादन ओबेन रोर प्रस्तुत गरेको थियो। उक्त इलेक्ट्रिक मोटरसाइकल ९९ हजार ९९९ भारु एक्स शोरुम (मुम्बई) शुरुवाती मूल्यमा सार्वजनिक गरिएको थियो।

इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक भएको ५ महिनाको अवधिमा कम्पनीले १५ हजारभन्दा बढी प्रि बुकिङ प्राप्त गरिसकेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

ओबेन रोर भारतमा १५ मार्च २०२२ मा सार्वजनिक गरिएको थियो भने प्रि बुकिङ भने मार्च १८ देखि शुरु गरिएको थियो। रिपोर्टका अनुसार ओबेन भारतका ९ शहरमा १५ हजार यूनिटभन्दा धेरै बुकिङ प्राप्त गरेको छ। ती शहरमा पहिलो चरणमा ईबाइक उपलब्ध गराइनेछ।

ओबेन शुरुवातमा बैंगलुर, हैदराबाद, चेन्नाई, पुणे, मुम्बाई, दिल्ली, सूरत, अहमदाबाद र जयपुरमा डिलिभरी शुरु गरिनेछ। ओबेन रोर ईभीको प्रि-बुकिङ मूल्य ९९९ भारु तोकिएको थियो। ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइटबाट बुकिङ गरेका थिए। हालका लागि ओबेनको बुकिङ अस्थायी रुपमा रोकिएको छ।

कम्पनीले पहिले ग्राहकलाई इलेक्ट्रिक मोटरसाइकलको प्रि बुक ब्याच डिलिभरी गर्नेछ र त्यस पनि मात्र नयाँ अडर लिन शुरु गर्नेछ। ओबेन रोरको डिलिभरी यस वर्षको मार्चदेखि शुरु हुने अनुमान थियो। तर सेमिकन्डक्टरको अभाव र अन्य आपूर्ति श्रृंखलाको संकटका कारण डेलिभरी गर्ने मिती अक्टूबर २०२२ चयन गरिएको हो।

ओबेन रोरमा ४.४ किलोवाट आवरको लिथियम फोस्फेट ब्याट्री प्याकको प्रयोग गरिएको छ। मोटरसाइकलमा १० किलोवाटको इलेक्ट्रिक मोटर लगाइएको छ। जसले ६२ एनएम पीक टर्क प्रदान गर्छ। मोटरसाइकलको उच्च गति १०० किलोमिटर प्रति घण्टा र ० देखि ४० किलोमिटर प्रति घन्टा केबल ३ सेकेन्डमा पकड्न सक्षम छ। यस मोटरसाइकल अनुकुल परिस्थितिमा एक पटकको फुल चार्जमा २०० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ। ब्याट्री फुल चार्ज हुन २ घण्टाको समय लाग्छ।

कम्पनीका अनुसार ओबेन रोर इलेक्ट्रिक मोटरसाइकल पूर्ण रुपमा भारतमा विकसित गरिएको हो र स्थानीय स्तरमा पनि बनाइएको छ।

ओबेन रोर आकर्षक लुक्समा डिजाइन गरिएको छ। मोटरसाइकलको अगाडि एलईडी डीआरएलका साथ एक गोलाकार एलईडी हेडल्याप दिइएको छ। यसका साथै टर्न इन्डिकेटर र टेलल्याप पनि एलईडीमा दिइएको छ।

फिचर्सको कुरा गर्दा मोटरसाइकलमा स्मार्टफोन कनेक्टिभिटीका साथै एक फुल डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर दिइएको छ। मोटरसाइकलमा प्रेडिक्टिभ मेन्टेनेन्स, राइड डिटेल्स, ब्याट्री स्ट्याटस, जियो फेन्सिङ, जियो ट्यागिङ, चार्जिङ स्टेशन लोकेटर, अन डिभान्ड सर्भिस र रोडसाइड असिस्टेन्सका साथ यूजर फ्रेन्ड्ली फिचर दिइएको छ।

ओबेन रोरको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सर दिइएको छ। मोटरसाइकलको दुवै पांग्रामा डिस्क ब्रेकका साथै कोम्बी ब्रेक सिस्टम (सीबीएस) दिइएको छ। ईमोटरसाइकलको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ।

प्रकाशित: ७ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार