एआई प्रविधिले बाघको अवैध ओसारपसार नियन्त्रण गर्ने, नेपाललाई पनि फाइदा

  • Technology Khabar | ७ भाद्र २०७९, मंगलवार

काठमाडौं ।

द इन्भाइरोमेन्टल इन्भेस्टिगेशन एजेन्सी ईआईए र एलन टुरिङ इन्स्टिच्यूट (एआई) डाटा बैज्ञानिकहरूले नयाँ आर्टिफिसिअल इन्टेलिजेन्स प्रविधिको विकासमा छन्।

जसले खतराको सूचीमा रहेको बाघको विश्वव्यापी रूपमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न सक्ने डाटा वैज्ञानिकले दाबी गरेको बीबीसीले जनाएको छ।

यसको संरक्षणका प्रयत्नमाथि जोखिम निम्त्याएकाले प्रविधिको प्रयोग गरि नयाँ ज्ञान प्राप्त गर्न डाटाको विश्लेषण सहित निरीक्षण र मोडेलको रणनीतिक योजना रहेको वैज्ञानिकहरूले जनाएका छन्।

बेलायतमा निर्माण हुन थालेको यो प्रविधि विश्वका सबै मुलुकमा एक वर्षभित्र पुग्ने र बाघको संरक्षणमा प्रयोग हुने दाबी गरिएको छ।

बाघ संरक्षक डब्लुडब्लुएफ नेपालले, गेहेन्द्र शमशेरले विज्ञान र प्रविधिको क्षेत्रमा निकै ठूलो योगदान दिएका थिए, उनिजस्तै विश्वभरका नयाँ अनुसन्धानकर्ताले प्रविधिको प्रयोगबाट नयाँ उपकरण निर्माण गर्न थालेकाले नेपाललाई पनि फाइदा हुने उल्लेख गरेको छ।

उक्त नयाँ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले अपराधीलाई समात्नुका साथै आवश्यक अनुसन्धान गर्न सघाउने ठानिएको छ।

एक महिनाअघि बाघ गणना तथ्यांक अनुसार हाल नेपालमा ३५५ बाघ छन्। यो १० वर्षयताकै दोब्बर हो।

एआई प्रविधिले बाघको अवैध ओसारपसार नियन्त्रण गर्ने, र यसले नेपाललाई पनि फाइदा हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ७ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार