
काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि-आश्वा शुल्क घटाउने निर्णय गरेको छ। आइतबार बसेको बोर्डको सञ्चालक समिति बैठकले सि-आश्वा शुल्क अधिकतम ५ रूपैयाँ तोक्ने निर्णय गरेको हो।
बोर्डका अध्यक्ष रमेश कुमार हमालले सोमबार ५ रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरिएको जानकारी दिएका हुन्।
यसको अर्थ अब बैंक तथा वित्तीय संस्थाहरूले आईपीओ भर्ने आवेदकहरूबाट सि-आश्वा शुल्क बापत बढीमा ५ रूपैयाँ मात्र लिन पाउनेछन् ।
हाल त्यस्तो शुल्क बैंक तथा वित्तीय संस्थाहरूले १० देखि १०० रुपैयाँसम्म लिने गरेका छन् । केहि संस्थाहरूले भने निशुल्क सेवा दिँदै आएका छन्।
सि-आश्वा शुल्कका कारण लगानीकर्ता मारमा परेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बताईएको छ।
प्रकाशित: ७ भाद्र २०७९, मंगलवार