सामाजिक सञ्जालमा कडाई नगर्न निर्वाचन आयोगलाई कांग्रेसको सुझाव

  • Technology Khabar | ७ भाद्र २०७९, मंगलवार
सामाजिक सञ्जालमा कडाई नगर्न निर्वाचन आयोगलाई कांग्रेसको सुझाव

काठमाडौं ।

सत्तारूढ दल नेपाली कांग्रेसले प्रचार प्रसारका लागि सामाजिक सञ्जालमा कडाइ नगर्न निर्वाचन आयोगलाई सुझाब दिएको छ।

सोमबार अपरान्ह निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत मतदाता शिक्षासँगै घरदैलो कार्यक्रमको घोषणा गरेको थियो।

यो सूचना थाहा पाएपछि सत्तारुढ दल नेपाली कंग्रेसले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम लगायत) मार्फत अन्य उमेदवारको निर्वाचन प्रचारप्रसार गर्न पाउनुपर्ने माग राखेको छ।

आयोगले सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको भन्दै खुकुलो बनाउन पनि कांग्रेसले माग गरेको छ।

आयोगले प्रस्तावित आचारसंहितामा सामाजिक सञ्जालसँगै आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा संघ, प्रदेशका मन्त्रीहरूले अन्य उमेदवारको निर्वाचन क्षेत्रमा गएर प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ।

आयोगले सोमबार दलहरूसँग गरेको छलफलमा सहभागी कांग्रेस सह महामन्त्री जीवन परियारले आयोगको प्रस्ताव कांग्रेसलाई मान्य नहुने सुझाब दिएको निर्वाचन आयोगले जनाएको छ।

छलफलमा प्रतिपक्षी दल नेकपा एमालेले समेत मौन अवधि कम गर्नुपर्ने माग राखेको छ।

प्रकाशित: ७ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...