Technology Khabar ७ भाद्र २०७९, मंगलवार
काठमाडौं ।
गेमिङ साइटहरूले स्पाइडर–म्यान प्राइड झण्डाहरू बिगार्नेलाई प्रतिबन्ध लगाएका छन्।
भिडियो गेमको नयाँ पीसी संस्करण जारी गर्दा केहि गेमरले स्पाइडर–म्यानस्पाइडरको प्राइड झण्डालाई हटाए प्रयोग गरेकाले नेक्सस मोड्स र मोडडीबीमा उनीहरुलाई प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ।
स्पाइडर–म्यान रिमास्टर्ड भिडियो गेमको नयाँ पीसी संस्करणमा यसको एलजीबिटी क्यू प्लस प्राइड फ्ल्यागहरू हटाउने परिमार्जनलाई दुई गेमिङ साइटहरूद्वारा प्रतिबन्ध लगाइएको खुलेको छ।
खेलाडीहरूले खेल सामाग्री र स्थानहरू जस्ता नयाँ सुविधाहरू थपेर केही भिडियो गेमहरू परिमार्जन गर्न थालेकाले समेत कडाई गरिएको हो।
स्पाइडर–म्यानमा प्राइड झण्डालाई संयुक्त राज्य अमेरिकाको झण्डा सहित बदल्ने व्यक्तिलाई त्यसो नगर्न नेक्सस मोड्सका निर्देशक रोबिन स्कटले आग्रह गरेका थिए।
स्पाइडर–म्यानमा प्राइड फ्ल्यागहरूको उपस्थितिलाई फ्यानहरूले समर्थन गरेका थिए।
जो सन् २०१८ मा पहिलो पटक रिलिज हुँदा अधिक इन–गेम एलजीबिटी क्यू प्लस प्रतिनिधित्वको पक्षमा थिए।
खेल परिमार्जन साइटहरू नेक्सस र मोड डीबीले प्रयोगकर्ताहरूलाई तिनीहरूको आफ्नै ट्वीकहरू वा खेलमा सम्पादनहरू अपलोड गर्न अनुमति दिन्छ।
जुन डाउनलोड गर्न सकिन्छ र आफ्नो खेल अनुभव वृद्धि गर्न अन्य प्रयोगकर्ताहरूलाई समेत सहभागि गराउन सकिन्छ।
प्रकाशित: ७ भाद्र २०७९, मंगलवार