बैंक अफ काठमाण्डूका ग्राहकले दुई रेष्टुरेन्टमा कार्ड तथा क्यूआरबाट भुक्तान गर्दा १२% छुट

  • Technology Khabar | ६ भाद्र २०७९, सोमबार
बैंक अफ काठमाण्डूका ग्राहकले दुई रेष्टुरेन्टमा कार्ड तथा क्यूआरबाट भुक्तान गर्दा १२% छुट

काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनका बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १२% छुट उपलब्ध गराउने सम्झौता भएको छ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १२% छुट पाउनेछन्। उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले उल्लेख गरेको छ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार