टिकटक सेलिब्रेटीले खोले गण्डकी अविष्कार केन्द्र

  • Technology Khabar | ५ भाद्र २०७९, आईतवार

काठमाडौं ।

सामाजिक कार्यमा संलग्न डाक्टर सन्तोष सापकोटा र नर्स अमिता श्रेष्ठबीच प्रेम पलाउँछ। तर घरमा के भन्लान् र लोकले के भन्ला भन्ने चिन्तामा पर्छन्। र अमेरिका ट्राइ गर्छन्।

सपना पूरा हुन्छ भिसा पाएर अनि जान्छन्। २० वर्षअघि त्यहाँ पुगेर पैसा कमाउन थालेका उनिहरू अहिले नेपाल फर्किएर गण्डकी अविष्कार केन्द्र खोलेका छन्।

वास्तवमा दम्पति सापकोटा र श्रेष्ठ यो मोडमा पुग्नु टिकटक सेलिब्रिटी भएर नै हो।

सामाजिक सञ्जाल टिकटकमा जातीय समूहको पोशाकमा उत्रिए। कहिले नेपाली परिकार पकाएर टिकटक प्रयोगकर्ताहरूमाझ चर्चामा आए।

नेपालमा भुकम्प महामारीकै बीच उनीहरूलाई पछ्याउनेको संख्या बढ्यो।
डेढ लाखले टिकटकमा पच्छाएबाफत उनिहरूले महामारिकै समयमा समाजसेवाको लागि आग्रह गरे।

अधिकांशको साथले नेपालमा सहयोग गरे।

कोरोनाको महामारिकाबीचमा उनिहरूले चालेको कदमले प्रशंसा पाए। त्यसैले सापकोटा र श्रेष्ठ टिकटक सेलिब्रेटी भए।

हालसम्म उनीहरूको भिडिओमा कुल एक करोड ५७ लाख पटक लाइक भएका छन्।

तीमध्ये एकलाई त ३४ लाख प्रयोगकर्ताले मन पराएका छन्। टिकटकमात्रै नभई उनी यसअघि फेसबुकमा पनि सक्रिय थिए, जसले उनलाई भूकम्पपश्चात पुनः देशसँग जोडेको थियो।

उनिहरूलाई मन पराउनेहरू मनोरञ्जन र रोमाञ्चकता रुचाउँछन्। त्यसैले उनिहरूको सामाजिक अभियान पूरा हुँदै अहिले नेपाल फर्किएर गण्डकी अविष्कार केन्द्र खोलेका छन्।

अमेरिका हुँदा डा. र नर्ससँगै इन्फर्मेसन टेक्नोलोजीमा लागेका सापकोटा र श्रेष्ठले नेपालको गण्डकी विश्वविद्यालयमा गण्डकी अविष्कार केन्द्र स्थापना गरेर परिवर्तनका लागि अघि बढेका हुन्।

प्रकाशित: ५ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार