
काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुक एकाउन्ट ह्याक गरी पैसा ठगी गर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा भद्रपुरका १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र १८ वर्षीय भवेश राजवंशी रहेको नेपाल प्रहरीले जनाएको छ।
विभिन्न मानिसहरूले आफ्नो सामाजिक सञ्जालको एकाउन्ट ह्याक भई पैसा माग्ने काम भइरहेको उजुरी दिएपछि अनुसन्धानबाट यी ३ जना सम्लग्न रहेको थाहा भएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ।
यी पक्राउ परेकाहरूले २५ भन्दा बढी फेसबुक एकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिबाट २ लाख रुपैयाँभन्दा बढी ठगी गरेको थाहा भएको छ।
प्रकाशित: ५ भाद्र २०७९, आईतवार