
काठमाडौं ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले इलेक्ट्रिक भेहिकल (ईभी) निर्माता टेस्लालाई आफ्नो कार र ब्याट्रीहरू देशमै उत्पादन गर्न आग्रह गरेका छन्।
लोकप्रिय राष्ट्रपतिको रूपमा चिनिने जोकोले, बिहीबार ब्लूमबर्ग न्यूजमा एक अन्तर्वार्तामा भने कि इन्डोनेसियाले ब्याट्रीहरू बनाउनको लागि प्राकृतिक स्रोतहरू मात्र लिनुको सट्टामा विद्युतीय कारहरूको विशाल इकोसिस्टम चाहेको बताए।
उनले राजस्व बढाउन इन्डोनेसियाले यस वर्ष निकेल निर्यातमा कर लगाउने विचार गरिरहेको पनि बताए। अधिकारीहरूले पहिले नै यो तेस्रो क्वाटरमा चाँडै आउन सक्ने भनेका छन्।
राष्ट्रपति र वरिष्ठ सरकारी अधिकारीहरूले यस वर्षको सुरुमा टेस्लाका संस्थापक इलन मस्कसँग भेटघाट गरेका थिए, जसमा उनीहरूले उनलाई ब्याट्री बनाउनुको साटो दक्षिणपूर्व एसियाली देशलाई कार उत्पादन केन्द्रको रूपमा विचार गर्न आग्रह गरेका थिए।
इन्डोनेसियामा ईभी उत्पादनमा लगानी गर्ने वा योजना घोषणा गर्ने कम्पनीहरूमा जापानी फर्महरू टोयोटा मोटर कर्प, मित्सुबिशी मोटर्स कर्प र दक्षिण कोरियाको हुन्डाई मोटर समूह समावेश छन्। यस बाहेक अन्य कम्पनीहरुले समेत लगानी गरिरहेका छन्।
प्रकाशित: ५ भाद्र २०७९, आईतवार