काठमाडौं ।
लिन्डो डुअल भिडियो डोरबेल क्यामरा सार्वजनिक भएको छ। डाउनवर्ड फेसिङ डिजाइनको साथ बनाइएको लिन्डो डुअल क्यामराले ढोका नजिकको क्षेत्र सहित घरको निगरानी बढाउँछ।
थ्री इन वान डिभाइस लिन्डो डुअल क्यामराले डोरबेलको रूपमा समेत काम गर्दछ।
घर, कार्यालयको ढोका खोल्नु अघि आगन्तुकको सर्वेक्षण पनि लिन्डो डुअल क्यामराले गर्ने बताईएको छ।
यसले अध्यारो ठाउँहरूको समेत निगरानी गर्नुका साथै घर, कार्यालयका क्षेत्रमा राखिएका अनावश्वयक वस्तुका साथै डेलिभरी र अन्य प्याकेजलाई समेत निगरानी गर्छ। त्यसैगरी टू के रिजोल्युसनको साथमा आउने १६० डिग्री वाइड–एंगल लेन्सको क्यामरा भएकाले निगरानीमा सहज हुन्छ।
यसमा ५००० एमएच व्याट्री पावर भएकाले २ महिनासम्म चार्ज हुने क्यामरा प्रयोग गर्दा लिन्डो एप प्रयोग गरेर पहुँच र नियन्त्रण गर्न सकिने बताईएको छ।
प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार