काठमाडौं ।
सामसङले नयाँ नयाँ एडभान्स चिप रिसर्च कम्प्लेक्स निर्माण गर्न १५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। सामसङलो शुक्रबार दक्षिण कोरियामा नयाँ एडभान्स चिप रिसर्च कम्प्लेक्स निर्माण गर्न सन् २०२८ सम्म करिब १५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ।
नयाँ सुविधा गिहेउङ क्यामपसमा निर्माण गरिनेछ। गिहेउङ क्यामपसमा नयाँ प्रविधि तथा नयाँ वेफर निर्माण प्रक्रियाहरुबाट मेमोरी र सेमिकन्डक्टर निर्माण गर्ने सामसङले जानकारी दिएको जेडडीनेटले उल्लेख गरेको छ।
शुक्रबार उद्घाटन समारोहमा सामसङका उपाध्यक्ष जे वाई लीले भने, ‘हामीले ४० वर्ष अघि हाम्रो पहिलो सेमिकन्डक्टर प्लान्ट निर्माण गर्नका लागि छनोट गरेको जमिनमा नयाँ चुनौती लिइरहेका छौं। यदि हामीले अर्को पुस्ताका उत्पादनहरू र त्यस पछि आएका उत्पादनहरूमा साहसी आर एण्ड डी लगानी नगरेको भए, आज सामसङका लागि कुनै सेमीकन्डक्टर व्यवसाय हुने थिएन। हामीले प्राविधिमा लगानी गर्ने र प्रविधिमा जोड दिने हाम्रो परम्परालाई निरन्तरता दिन आवश्यक छ।’
यो सुविधाले सियोलको दक्षिणमा अवस्थित सामसङ गिहेउङ क्याम्पसको १ लाख ९ हजार वर्ग मिटर क्षेत्रफल उपयोग गर्नेछ। यो कम्पनीको दक्षिण कोरियामा रहेको मुख्य ३ सेमिकन्डक्टर उत्पादन सुविधा वा फ्याबमध्ये एक हो।
ह्वासिगोङ र प्योङगताएक क्याम्पसहरु जस्तै गिहेउङ क्याम्पसले कम्पनीको नवीनतम चिपहरु उत्पादन गर्नेछ।
सामसङले नयाँ कम्प्लेक्सको म्याध्यमबाट सेमिकन्डक्टर उत्पादन बढाउन र सेमिकन्डक्टर टेक्नोलोजमाी आफ्नो प्रतिस्पर्धी क्षमतालाई बलियो बनाउने प्रयास जारी राखेको छ।
कम्पनीले सन् १९९२ मा गिहेउङ क्याम्पसमै संसारको पहिलो ६४ एमबी डीर्याम विकास गरेको थियो। यही उपलब्धीको माध्यमबाट कम्पनी अर्को वर्ष विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता कम्पनी बन्न सफल भएको थियो। यो स्थितिमा अहिले पनि कम्पनी कायम छ।
प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार