चर्चित अनलाइन गेम ‘फिफा २०२३’ भारतमा भारु ४.८० मा नै उपलब्ध !

  • Technology Khabar | ३ भाद्र २०७९, शुक्रबार

काठमाडौं ।

ईलेक्ट्रोनिक आर्टस (ईए)ले भारतको एपिक गेम स्टोरमा फिफा २०२३ को मूल्य ४.८० भारु (०.०६ अमेरिकी डलर) निर्धारणलाई स्वीकार गरेको छ।

ईएले उक्त मूल्य निर्धारणलाई ‘एक राम्रो शानदार आफ्नै गोल’ भनेर स्वीकार गरेको हो।

गत महिना अनलाइन स्टोरको मूल्यमा दशमलव बिन्दु त्रुटिसहित फिफा २३ बिक्रीका लागि उपलब्ध भएको थियो। ९९.९८ प्रतिशत छुटमा फिफा २३ खरिदका लागि प्रि–अर्डर गर्न खेलाडीहरुले उत्साजन सहभागिता जनाएका थिए।

खेल प्रकाशक सम्झौता पूर्व खरिदहरुलाई सम्मान गर्न सहमत भएको बीबीसीले उल्लेख गरेको छ।

फिफा अल्टिमेट एडिसन स्ट्यान्डर्ड एडिसन भन्दा महँगो छ।

भारतमा २०२३ भर्सनको मूल्य ४८०० भारु (६० अमेरिकी डलर) मूल्य रहेको छ। स्ट्यान्डर्ड एडिसनको मूल्य ३,४९९ (४४ अमेरिकी डलर) रहेको छ।

फिफा सिरिज अनलाइन फुटबलको सबैभन्दा बढी बिक्री हुने खेल हो। फिफा सिरिज अन्तर्गतको फिफा २३ ईएको अन्तिम खेल हुनेछ।
ईएको खेलकुद विभागले यस वर्षको शुरुमा फिफा ब्रान्ड अन्तर्गत खेल बनाउन बन्द गर्ने घोषणा गरेको थियो।

प्रकाशकले फुटबल भिडियो गेमहरु बनाउन जारी राख्नेछन्। तर २०२३ बाट यो नयाँ ब्यानर ईए स्पोर्टस् एफसी अन्तर्गत आउनेछ।

मेमा भएको उक्त घोषणाले ईए र फिफाबीचको २९ वर्ष लामो साझेदारीको अन्य भएको छ। यस्तो कठिन निर्णयको पछाडि लाइसेन्सको लागतलाई मुख्य कारण बताइएको छ। फिफाले आफ्नै खेल जारी गर्ने योजना बनाएको छ।

प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया