बिजबजारले साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ मा राष्ट्रिय खेलाडीलाई प्रायोजन गर्दै

  • Technology Khabar | ३ भाद्र २०७९, शुक्रबार
बिजबजारले साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ मा राष्ट्रिय खेलाडीलाई प्रायोजन गर्दै

काठमाडौं ।

बिजबजारले किक बक्सिङकी राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठलाई साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ का लागि प्रायोजन गर्ने भएको छ।

बिजबजारमा कार्यरत तेक्वान्दो, कराते र किक बक्सिङकी राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठ यही २० र २१ अगस्टमा भुटानमा आयोजना हुने साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ मा प्रतिस्पर्धीकाे रूपमा सहभागी हुन गइरहेकी छन् भने सो प्रतिस्पर्धामा श्रेष्ठको प्रायोजक संस्थाको रूपमा बिजबजार लिमिटेड रहने भएकाे छ।

श्रेष्ठ आठौँ राष्ट्रिय खेलकुदमा सिल्भर मेडलिस्ट भएकी थिइन्। दुई पटकसम्म वीर गणेश मान सिंह मेमोरियल किक बक्सिङ च्याम्पियनसिपमा उनले सिल्भर मेडल प्राप्त गरेकी थिइन् भने २०२१/२०२२ मा भारतमा आयोजित अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम भई स्वर्ण पदक समेत जित्न सफल भएकी थिइन्।

बिजबजारले शिवानी श्रेष्ठलाई यस प्रतिस्पर्धामा हौसला र समर्थक प्रदान गर्न पाउँदा गौरवान्वित महसुस गरेको जनाएको छ।

प्रकाशित: ३ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार