भारतमा कल गर्न नेपाल टेलिकमको ‘इन्डिया भ्वाइस प्याक’, रु.५९ मा १७ मिनेट कुराकानी गर्न सकिने

  • Technology Khabar | २ भाद्र २०७९, बिहीबार
भारतमा कल गर्न नेपाल टेलिकमको ‘इन्डिया भ्वाइस प्याक’, रु.५९ मा १७ मिनेट कुराकानी गर्न सकिने

काठमाडौं ।

नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न ‘इन्डिया भ्वाइस प्याक’ उपलब्ध गराएको छ। हिजो भदौ १ गतेदेखि लागु भएको छ।

यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक मध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ।

इन्डिया भ्वाइस प्याक-डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध छ।

त्यसैगरी विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट र मासिक अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश रु.२५९ मा र रु. ७५९ मा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ।

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिनेछ।

यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *१४१५३# डायल गरी ७ नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिनेछ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...