
काठमाडौं ।
मिडियाटेकले फाइभजी नन-टेरेस्ट्रियल नेटवर्कसँग मोबाइल फोन कनेक्सनलाई उर्जा दिन सफल भएको छ।
मिडियाटेकले प्रयोगशाला वातावरणमा ५जी नन-टेरेस्ट्रियल नेटवर्क (एनटीएन) जडान भएको स्मार्टफोनलाई पावर गरेको छ।
मिडियाटेकले व्यापारिक ५जी स्मार्टफोन हार्डवेयरको साथ स्याटेलाइट संचारलाई समर्थन गर्ने कार्यक्षमता प्रदर्शन गर्दै विश्वकै पहिलो माइलस्टोन हासिल गरेको बताईएको छ।
रोह्डे र स्वार्जको सहयोगमा प्रतिरुप तयार गरिएको लो अर्थ अर्बिट (लियो) स्याटेलाइट च्यानलमा औद्योगिक टेक्नोलोजी रिसर्च इन्स्टिच्युटको अर्को पुस्ताको नोडबी परीक्षण नेटवर्कमा डाटा स्थानान्तरण मार्फत परीक्षण गरिएको थियो।
प्रकाशित: २ भाद्र २०७९, बिहीबार