
काठमाडौं ।
गुगल प्ले स्टोर १० वर्ष पुरागरी ११ औं वर्षमा प्रवेश गरेको छ। गुगल प्ले पहिलो पटक सन् २०१२ अगष्ट १८ मा सार्वजनिक गरिएको थियो। गुगल प्लेका संसारका १९० देशमा साढे २ अर्ब भन्दा धेरै प्रयोगकर्ता रहेको जागरणले उल्लेख गरेको छ।
गुगल प्लेसँग २० लाखभन्दा धेरै डेभलपर्स जोडिएका छन्। पछिल्लो दुई वर्षमा गुगल एपमा शिक्षा, स्वास्थ्य, भुक्तानी, मनोरञ्जन र गेमिङलगायत क्याटेगरीमा उच्च वृद्धि भएको छ।
१० वर्षमा गुगल प्ले स्टोर
२०१२ः गुगल प्ले स्टोर पहिलो पटक सन् २०१२ मा सार्वजनिक भएको थियो। तत्कालिन समयमा गुगल प्लेले एन्ड्रोइड, मार्केट, गुगल म्यूजिक, गुगल ई बुक स्टोरसँगको साझेदारीमा सार्वजनिक गरिएको थियो।
२०१७ः प्रयोगकर्तालाई खतरनाक एपबाट बचाउनका लागि गुगल प्ले स्टोर प्रोटेक्ट प्रस्तुत गरिएको थियो।
२०१८ः गुगल प्ले अकेडमी सार्वजनिक भएको छ। यो ई लर्निङ प्लेटफर्म हो। जसले डेभलपर्सलाई एप र गेमिङ डेभलप गर्न मद्दत गर्छ।
२०१८ः इन्डी गेम एक्सिलेटर सार्वजनिक भएको थियो। ये एशिया र गेमिङ स्टार्टअपले सफलताको आधार बन्यो।
२०२०ः नयाँ गुगल प्ले कन्सोल सार्वजनिक गरियो। जसले प्रयोगकर्तालाई कारोबार विस्तार गर्न सहयोग प्रदान गर्यो। यसमा बिजनेसको इनसाइट र गाइडेन्स प्राप्त हुन्छ।
२०२०/२१ः मेइटी स्टार्टअप हबको मद्दतबाट एपस्केल एकेडेमी सार्वजनिक गरियो। यसमा हाई क्वालिटी एप र स्केल विकसित गर्नका लागि मद्दत गर्छ।
२०२२ः डाटा सेफ्टी सेक्सन सार्वजनिक गरिएको छ। यस एपको मद्दतबाट प्रयोगकर्ताबाट लिइएको जानकारी कसरी प्रयोग भइरहेको छ भन्ने जानकारी उपलब्ध गराउँछ।
२०२२ः गुगल प्ले स्टोरको नयाँ लोगो सार्वजनिक गरिएको थियो।
प्रकाशित: २ भाद्र २०७९, बिहीबार