टेस्लाका सार्वजनिक सुपरचार्जरहरू प्राविधिक कारण जर्मनीमा ‘अवैध’

  • Technology Khabar | २ भाद्र २०७९, बिहीबार
टेस्लाका सार्वजनिक सुपरचार्जरहरू प्राविधिक कारण जर्मनीमा ‘अवैध’

काठमाडौं ।

जर्मनीमा गैर-टेस्ला इलेक्ट्रिक गाडीहरूका लागि खुला गरिएका टेस्लाका सुपरचार्जर स्टेशनहरू गैरकानूनी मानिएको छ। ती एकाइहरूमा किलोवाट आवर काउन्टरको कमीको कारणले त्यसलाई गैरकानूनी मानिएको इलेक्ट्रेकले रिपोर्ट गरेको छ।

जर्मन मिडिया ह्यान्डल्सब्लाटले रिपोर्ट गरेअनुसार टेस्लाका सुपरचार्जरहरूलाई “अवैध” मानिन्छ किनभने तिनीहरूसँग स्टेशनहरूमा देखिने किलोवाट आवर काउन्टर छैन्।

प्रत्येक चार्जिङ स्टेसन जसमा चार्जिङ करेन्ट किलोवाट घण्टा अनुसार बिल गरिन्छ, र जर्मनीको क्यालिब्रेसन कानूनको पालना गर्नुपर्छ। यसको अर्थ, चार्ज गरिएको करेन्टलाई ठीकसँग मापन गर्ने मिटर हुनुपर्छ। यो नियम विशेषत सार्वजनिक ठाउँमा लागू हुन्छ, तर कम्पनी र निजी परिसरहरूमा पनि लागू गरिएको छ।

टेस्लाले चार्जिङ सेशनहरू मनिटर गर्न सधैं आफ्नो मोबाइल एपमा भर परेको छ, र स्टेशनहरू स्क्रिनहरूले सुसज्जित छैनन्।

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...