सफ्टवेरिका कलेजद्वारा आयोजित ‘क्याप्चर द फ्लाग’ प्रतियोगिताको फर्म खुल्यो

  • Technology Khabar | २ भाद्र २०७९, बिहीबार
सफ्टवेरिका कलेजद्वारा आयोजित ‘क्याप्चर द फ्लाग’ प्रतियोगिताको फर्म खुल्यो

काठमाडौं ।

सफ्टवेरिका कलेजले आयोजना गर्न लागेको ‘क्याप्चर द फ्लाग’ प्रतियोगिताको लागि रजिस्ट्रेसन फर्म खुलेको छ।

यही सेप्टेम्बर ३ तारिखमा आयोजना हुने उक्त प्रतियोगितामा कुनै पनि कलेजको आइटी विषयमा स्नातक गरेका विद्यार्थीहरू सहभागी हुन सक्नेछन् । सहभागी हुन इच्छुक विद्यार्थीहरूले अनलाइन वा कलेजमै गएर फर्म भर्न सकिने व्यवस्था गरिएको कलेजका प्रमुख प्रमोद पौडेलले बताए ।

उनका अनुसार, प्रतियोगितामा सहभागी हुनका लागि प्रत्येक समुहमा कम्तिमा ३ देखि ५ जनासम्म विद्यार्थी हुनुपर्ने छ। प्रतियोगितामा सहभागीहरू सबैले आफ्नै ल्यापटप ल्याउनु पर्ने र सहभागी हुँदा सरकारी वा कलेजबाट दिएको आइडिकार्ड अनिवार्य ल्याउनुपर्ने व्यवस्था रहेको छ ।

यस्तै, स्नातक तहको अध्ययन पूरा नगरेको वा सोभन्दा कमको अध्ययन मात्र गरेका विद्यार्थीहरू सहभागी हुन नपाउने तर इभेन्टमा आउन पाउने व्यवस्था रहेको प्रमोदले जानकारी दिए ।

प्रतियोगितामा सहभागीमध्ये प्रथमले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार स्वरुप पाउने व्यवस्था रहेको प्रमोदले बताए । उक्त फर्म यही अगस्ट २४ तारिखसम्म भर्न सकिने बताईएको छ।

प्रकाशित: २ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार