
काठमाडौं ।
नेपालमा वालेटबाट हुने कारोबार रकम बढ्दो क्रममा रहेको छ। नेपालमा प्रविधिको विकाससँगै सुविधाभोगी हुँदै गएका छन्। अधिकांश व्यक्तिले घरबाटै इन्टरनेटको प्रयोग गरि पैसा आदान प्रदान गर्नुका साथै कुनै चिज किन्दा वालेटको प्रयोग गरि पैसा तिर्न सकिने भएकाले यसमा आकर्षण बढोको हो।
भुक्तानी सेवा प्रदायक (वालेट)को प्रयोगबाट नेपालीले पौने २ खर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन्।
गत आर्थिक वर्ष २०७८/७९ सालमा वालेट प्रयोगबाट १ खर्ब ८४ अर्ब ४२ करोड ९५ लाख रुपैयाँको कारोबार गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।
केन्द्रीय बैंकको प्रतिवेदन अनुसार सबैभन्दा धेरै रुपैयाँको वालेट कारोबार गत आर्थिक वर्षको अन्तिम महिना अर्थात असार महिनामा भएको छ।
गत आर्थिक वर्षको अन्तिम महिना अर्थात् गत असारमा वालेटको प्रयोगबाट १७ अर्ब ७५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। असार महिनामा १ करोड ६२ लाख ६ हजार ३५६ पटक कारोबार भएको राष्ट्र बैंकको तत्थ्यांक छ।
यसैगरी गत जेठमा १५ अर्ब ९६ करोड ७ लाख रुपैयाँ बराबरको १ करोड ५१ लाख ५९ हजार ५ सय ३६ पटक कारोबार भएको हो।
प्रकाशित: २ भाद्र २०७९, बिहीबार