
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को लागि बजेट पास गरेको छ।
आर्थिक वर्ष शुरु भएको करिब १ महिनापछि प्राधिकरणले चालु आवका लागि कुल ८ अर्ब ३ करोड हाराहारीको बजेट ल्याएको हो।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले ल्याएको बजेटमा ४ अर्ब ४७ करोड ग्रामीण दूरसञ्चार विकास कोष तर्फ राखिएको छ भने बाँकी रकम प्राधिकरणको वार्षिक कार्यक्रमका लागि राखिएको छ।
प्राधिकरण बोर्डको सोमबारको बैठकले चालु आवको लागि नयाँ बजेट पास गरेको हो।
सो बजेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यक्रमको लागि ५ करोड तथा मन्त्रालयले दिएको सुझाबअनुसारको लागि थप २ करोड रकम समेत समावेश गरिएको छ।
प्राधिकरणकाअनुसार चालु आवमा देशभर ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने देशभरका स्वास्थ्य चौकीहरुमा टेलिमेडिसिनको लागि पूर्वाधार तयार गर्ने, सूचना प्रविधि ल्याब, डिजिटल केवाईसीलगायतका कार्यक्रमहरु राखिएको छन्।
यसअघि प्राधिकरणले वार्षिक कार्यक्रममध्ये ४ अर्ब ७२ करोड १७ लाख रुपैयाँ प्राधिकरण तर्फको बजेट तथा ग्रामीण दूरसञ्चार कोषतर्फ २ अर्ब ३५ करोड रुपैयाँको वार्षिक कार्यक्रम तयार पारेको थियो।
प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ का लागि ७ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको थियो भने चालु आर्थिक वर्षका लागि भने करिब ३५ करोड रुपैयाँ कमको बजेट प्रस्ताव गरेको थियो।
तर मन्त्रालयले थप कार्यक्रम दिएसँगै प्राधिकरणको बजेट ८ अब ३ करोड रुपैयाँ हाराहारी पुगेको हो।
प्रकाशित: २ भाद्र २०७९, बिहीबार