नेपालको पहिलो हाइ अल्टिट्युड बलुन ‘पिको-ह्याबको’ सफल परीक्षण

  • Technology Khabar | १ भाद्र २०७९, बुधबार
नेपालको पहिलो हाइ अल्टिट्युड बलुन ‘पिको-ह्याबको’ सफल परीक्षण

काठमाडौं ।

काठमाण्डौ विश्वविद्यालयको स्कुल अफ इन्जिनिरिङ र स्कुल अफ साइन्स अन्तर्गत विभिन्न विभागमा अध्ययनरत विद्यार्थीहरुको टिमले पिको-ह्याबको सफल परीक्षण गरेको छ। सेडस नेपाल अन्तर्गतको सेडस केयु च्याप्टरले पिको-ह्याबको सफल परीक्षण गरेको हो।

परीक्षण सफल भएपछि बुधबार पनि बलुन उडाइएको छ। मौसमले साथ दिएको अवस्थामा बिहीबार उडाइने बलुन ५० मिटर माथिसम्म पुग्ने अपेक्षा गरिएको छ।

पिको-ह्याब नेपालको पहिलो हाइ अल्टिट्युड बलुन हो, जुन उदीयमान परियोजनाको सानो रूप हो। पिको-ह्याबको परीक्षणको लागि ओरियन स्पेस र ग्रीन हाइड्रोजन ल्याबले सहयोग गरेका थिए।

सेडस केयुका प्रेसिडेन्ट सुदन बरालकाअनुसार पिको-ह्याबको सफल परीक्षण भए लगतै परियोजना उदयको पनि दशैँ अगाडिनै परीक्षण गरिने भएको छ।

सेडस केयुले यी बाहेक क्यूबस्याट, रकेट्रेरी आदि प्रोजेक्ट घोषणा गरेको छ। यसका साथै, जीएनएसएस फर डिजास्टर म्यानेजमेन्ट एण्ड मिटिगेसन, क्लिनर एण्ड सेफर रकेट फ्युल र स्याटेलाइट इमेज प्रोसेसिङ लगायत विषयमा रिसर्च जारी रहेको छ। सेडस केयुले स्पेस न्यूज र स्पेस टक कार्यक्रम पनि संचालन गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: १ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...