काठमाडौं ।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरेनट सेवामा प्रयोग हुने राउटर डिभाइसको नयाँ मापदण्ड तयार गरेको हो।
प्राधिकरणले इन्टरनेट सेवाका लागि नेपालभित्र प्रयोग हुने राउटरको गुणस्तर र मादण्ड तयार पारेको हो।
इन्टरनेट सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउन दूरसञ्चार ऐन, २०५३ को दफा १३(च) र दफा १४ तथा दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (क) बमोजिम न्यूनतम आवश्यकता सीपीई डिभाइस (होम बेस राउटर एण्ड ओएनटी÷ओएनयू) सहितको मापदण्ड निर्धारण गरेर प्राधिकरणले साउन ३१ जानकारी एवं कार्यान्वयनका लागि सूचना प्रकाशित गरेको छ।
राउटरको मापदण्ड
इन्टरनेट प्रयोगकर्तालाई गुणस्तरिय सेवा उपलब्ध गराउन प्राधिकरणले राउटरको नयाँ मापदण्ड जारी गरेको हो। नयाँ मापदण्डमा सेवा प्रदायको भूमिका र जिम्मेवारी पनि उल्लेख गरिएको छ। इन्टरनेट सेवा प्रदायकलाई सीपीई जडान दिशानिर्देशन पनि जारी गरिएको छ। साथै नयाँ मापदण्डमा उपभोक्ताको भूमिका पनि तोकिएको छ।
इन्टरनेट सेवा प्रदायकले सीपीई मर्मत एक दिनमा उपलब्ध गराउनु पर्नेछ। रेडियो सीपीई डिभाइसमा आईएसपीले कम्तिमा एक वर्षको वारेन्टी उपलब्ध गराउनु पर्नेछ। आईएसपीले रिफर्बिस गरिएको सीपीई उपलब्ध गराउन पाउने छैनन्।
आईएसपीले उपलब्ध गराउने राउटर ८०२.११बी/जी/एन/एसी को हुनु पर्नेछ। राउटमा कम्तिमा १ जिगाबाइट इथरनेट पोर्ट र १ फाइबर एसएफपी पोर्ट हुनु पर्नेछ। राउटले २.४ गिगाहर्ज वा ५ गिगाहर्ज फिक्वेन्सी सपोर्ट गर्ने खालको हुनु पर्नेछ।
२.४ गिाहर्जले कम्तिमा १५० एमबीपीएस र ५ गिगाहर्जले अधिकतम ६५० एमबीपीएस डाटा रेट प्रदान गर्नु सक्षम हुनुपर्छ।
rauterप्रकाशित: १ भाद्र २०७९, बुधबार