५३ अर्बको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात

  • Technology Khabar | १ भाद्र २०७९, बुधबार
५३ अर्बको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात

काठमाडौं ।

नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयातको आयात बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक अनुसार टेलिकम्युनिकेसन उपकरण तथा पार्टस्को आयात १३.८ प्रतिशतले बढेको हो।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ४७ अर्ब १९ करोड ६३ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात भएको थियो।

एक वर्षको अवधिमा टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात ६ अर्ब ५२ करोड १५ लाख रुपैयाँ अर्थात १३.८ प्रतिशतले बढेको हो।

नेपाल सबैभन्दा बढी टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् चीनबाट आयात हुने गरेको देखिएको छ।

गत आबमा चीनबाट ३६ अर्ब २ करोड ७४ लाख रुपैयाँ, भारतबाट १४ अर्ब १८ करोड ७९ लाख रुपैयाँ र अन्य मुलुकबाट ३ अर्ब ५० करोड २६ लाख रुपैयाँ बराबरको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ।

प्रकाशित: १ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार