डिजिटल प्रदेश बनाउने लक्ष्यका साथ प्रदेश १ मा ड्यासबोर्ड प्रयोगमा ल्याउने

  • Technology Khabar | १ भाद्र २०७९, बुधबार
डिजिटल प्रदेश बनाउने लक्ष्यका साथ प्रदेश १ मा ड्यासबोर्ड प्रयोगमा ल्याउने

काठमाडौं ।

प्रदेश १ को मन्त्रिपरिषद्को सोमबार बिराटनगरमा बसेको बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ। प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न आठवटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो।

बैठकले मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालन तथा व्यवस्थापन निर्देशिका-२०७९ पनि स्वीकृत गरेको छ।

प्रदेश सरकारले आफ्नो प्रदेशलाई डिजिटल प्रदेश बनाउने लक्ष्यका साथ मातहतका सबै मन्त्रालय र निकायको काम–कारबाहीको सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कनका लागि मुख्यमन्त्री ड्यासबोर्ड प्रयोगमा ल्याउने उद्देश्यका साथ निर्देशिका स्वीकृत गरेको बताईएको छ।

प्रकाशित: १ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...