कम्प्युटर तथा पार्टसको वार्षिक आयात १७ प्रतिशतले बढ्यो

  • Technology Khabar | १ भाद्र २०७९, बुधबार
कम्प्युटर तथा पार्टसको वार्षिक आयात १७ प्रतिशतले बढ्यो
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालमा कम्प्युटर तथा पार्टपुर्जाको आयात बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक अनुसार कम्प्युटर तथा पार्टस्को आयात १७ प्रतिशतले बढेको हो।

गत आर्थिक वर्ष २०७८/७९ मा कम्प्युटर तथा पार्टस् १८ अर्ब ९२ करोड ८३ लाख रुपैयाँ बराबरको आयात भएको छ। आर्थिक वर्ष २०७७/७८ मा कम्प्युटर तथा पार्टस् १६ अर्ब १५ करोड ९९ लाख रुपैयाँ बराबरको आयात भएको थियो।

एक वर्षको अवधिमा कम्प्युटर तथा पार्टसको आयात २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ अर्थात १७.१ प्रतिशतले बढेको हो।

नेपालमा सबैभन्दा धेरै कम्प्युटर तथा पार्टस् चीनबाट आयात हुने गरेको छ।

चीनबाट १६ अर्ब ६ करोड ४ लाख रुपैयाँ र अन्य मुलुकबाट २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ बराबरको कम्प्युटर तथा पार्टस् आयात भएको छ।

प्रकाशित: १ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार