ह्वावेको दोस्रो वर्षको लागि सीड्स फर द फ्युचर शुरु, यी हुन् छनोटमा परेका ७ विद्यार्थीहरु

  • Technology Khabar | ३१ श्रावण २०७९, मंगलवार
ह्वावेको दोस्रो वर्षको लागि सीड्स फर द फ्युचर शुरु, यी हुन् छनोटमा परेका ७ विद्यार्थीहरु

काठमाडौं ।

ह्वावेले सीड्स फर द फ्युचर २०२२ को उद्घाटन समारोह आज काठमाडौंमा आयोजना गरेको छ। यस कार्यक्रम ह्वावेको ग्लोबल फ्ल्यागशिप सीएसआर कार्यक्रम हो जुन सबै आईसीटी सम्बन्धित विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि लक्षित रहेको छ।

ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो। कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो। त्यसबेलादेखि १३० भन्दा बढी देश र क्षेत्रका १२,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन्।

यी हुन् छनोटमा परेका विद्यार्थीहरू

यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ। जसलाई प्रा. डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेलले लिएको जीपीए, प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा ७ जना विद्यार्थीलाई छनोट गरिएको थियो।

नेपालबाट काठमाडौं विश्वविद्यालयका निर्माण खड्का र प्रज्ञा मल्लिक, मदन भण्डारी मेमोरियल कलेजका बंशज पौडेल, ख्वप ईन्जिनियरिङ कलेजका जतिन भुसाल, पुल्चोक क्याम्पसका रीया बैद्य र नदिका पौडेल तथा अमृत साइन्स क्याम्पसका अजु तामाङ छनोट भएका छन्।

जुलाईमा छनोट भएदेखि, विद्यार्थीहरूले विभिन्न संलग्नताहरू मार्फत नेपालको आईसीटी उद्योगमा अन्तर्दृष्टि प्राप्त गर्दै आएका छन्।

आयोजककाअनुसार विद्यार्थीहरूले नेपालमा डाटा सेन्टर सम्बन्धी कक्षाहरू प्राप्त गरेका छन्, डिशहोमका कार्यालयहरूमा गएर एफटीटीएच इन्टरनेटले कसरी काम गर्छ भन्ने कुरा सिकेका छन् र काठमाडौंको चाइना कल्चर सेन्टरमा भएको चाइनिज क्यालिग्राफी र चाइनिज पेपर कटिङ कार्यशालामा भाग लिएका थिए। संगठनको “द नेक्स्ट ५०” अभियानको एक हिस्साको रूपमा युनेस्कोले पनि विद्यार्थीहरूलाई संलग्न गराएको छ।

विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पनि सहभागी हुन पाउनेछन् जहाँ उनीहरूले व्यावहारिक एप्लिकेसनहरू हेरेर ५जी, एआई, क्लाउड कम्प्युटिङ, मेटाभर्स र अन्य उदीयमान प्रविधिहरूको बारेमा सिक्नेछन्।

यसका साथै फाइभजीको व्यावहारिक एपहरू हेर्दै र १४ देशका विद्यार्थीहरूसँग क्रस-सांस्कृतिक शिक्षामा पनि संलग्न हुनेछन्।

उनीहरूले “टेक४गुड/Tech4Good” प्रतियोगितामा पनि भाग लिनेछन् जहाँ विद्यार्थीहरूले वास्तविक-विश्व वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचार लिएर आउनुपर्ने हुन्छ। टेक४गुड परियोजनाका विजेता टोलीहरूले सिंगापुरमा अगस्ट २९ देखि  सेप्टेम्बर २ सम्म आयोजना हुने टेक४गुड एक्सेलेटर क्याम्पमा सहभागी हुन पाउनेछन्। उनीहरू फर्किएपछि, विद्यार्थीहरूले सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावेद्वारा निर्मित वेस स्टेशनको भ्रमण गर्नेछन्।

कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र छनोट समितिका सदस्यहरुले यस्तो कार्यक्रम ल्याएकोमा ह्वावेलाई धन्यवाद दिदै टेक फोर गुड प्रतियोगिताको लागि ७ विद्यार्थीहरूलाई शुभकामना दिएका थिए।

त्यसैगरी ह्वावे नेपालका बोर्ड सदस्य जेसन लीले ह्वावेले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन सक्षम बनाइराख्न चाहेको बताए।

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार