काठमाडौं उपत्यकामा फोन गर्न एनसेल र इन्टरनेट चलाउन टेलिकमको सेवा उत्कृष्ट: अध्ययन रिपोर्ट

  • Technology Khabar | ३१ श्रावण २०७९, मंगलवार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको अध्ययन अनुसार काठमाडौं उपत्यकामा इन्टरनेट चलाउन एनटीसी र फोन गर्न एनसेल उत्कृष्ट देखिएको छ।

प्राधिकरणले २०७९ असार १२ गतेदेखि असार २२ गतेसम्म काठमाडौं उपत्यकाका टंगाल, हाडीगाँउ, सानो गौचरन, बौद्ध, चाबहिल, गौरीघाट लगायतका क्षेत्रमा भ्वाइस तथा डाटा सेवाको गुणस्तर परीक्षण गरेको थियो।

सो परीक्षणको रिपोर्ट अनुसार उपत्यकामा इन्टरनेट चलाउन एनटीसी र फोन गर्न एनसेल उत्कृष्ट देखिएको हो।

प्राधिकरणको मापदण्ड अनुसार इन्टरनेट चलाउन पिङ ३२ बाइट्स राउण्ड ट्रिप टाइम २५० मिलिसेकेन्ड कायम हुनु पर्छ। अध्ययनमा नेपाल टेलिकमको ९०.८ मिलिसेकेन्ड, स्मार्ट टेलिकमको १७२.९३ मिलिसेकेन्ड र एनसेलको १९५.८९ मिलिसेकेन्ड इन्टरनेट स्पिड देखिएको छ।

परीक्षणमा कल स्थापना हुने दरमा एनसेल अब्बल देखिएको छ। प्राधिकरणको मापदण्ड अनुसार कल स्थापना दर ९९.९९ प्रतिशत हुनु पर्छ। अध्ययनमा एनसेलको कल स्थापना दर सतप्रतिश देखिएको छ भने एनटीसीको ९५.७१ प्रतिशत र स्मार्ट टेलिकमको ९४.५२ प्रतिशत छ।

कल लाग्ने समयको न्यूनतम मापदण्ड पूरा गर्न तीन ओटै सेवा प्रदायक असफल देखिएका छन्। मापदण्ड अनुसार कल लाग्ने समय ५ सेकेन्ड वा सोभन्दा कम हुनुपर्छ। तर एनेलको ५.१३ सेकेन्ड, एनटीसी ७.२७ सेकेन्ड र स्मार्ट टेलिकम ९.३ सेकेन्ड रहेको छ।

ग्रेड अफ सर्भिस (कल ब्लक रेट)मा एनसेलले मात्र प्राधिकरणको मापदण्ड पूरा गरेको छ। कल ब्लक रेट २ प्रतिशत वा सोभन्दा कम हुनु पर्नेमा एनजीटीको ४.२९ प्रतिशत र स्मार्ट टेलिकमको ५.४८ प्रतिशत छ।

फोनकल सम्पर्क विच्छेद हुने दरमा सबै सेवा प्रदायक मापदण्ड पूरा गर्न सफल भएका छन्। मापदण्ड अनुसार फोनकल सम्पर्क विच्छेद दर २ प्रतिशत वा सोभन्दा कम हुनु पर्छ।

DT-Report-Kathmandu-Valley-2079-Asar

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया