रियलमी ९आई फाइभजी अगष्ट १८ मा सार्वजनिक हुने

  • Technology Khabar | ३१ श्रावण २०७९, मंगलवार

काठमाडौं ।

रियलमीको रियलमी ९आई फाइभजी अगष्ट १८ मा सार्वजनिक हुनेछ।

डाइमेन्सिटी ८१० एसओसी युक्त रियलमी ९आई फाइभजी अगष्ट १८ सार्वजनिक हुने जीएसएमएरिनाले उल्लेख रेको छ।

कम्पनीका अनुसार रियलमी ९आई फाइभजीमा ९० गिगाहर्ज स्क्रिन रिफ्रेस रेट र १८० गिगाहर्ज टच स्यापलिङ रेटको नोच डिस्प्ले छ।

५००० एमएएच ब्याट्री भएको फोनमा चार्जका लागि यूएसबी-सी पोर्ट दिइएको छ।

कम्पनीले आगामी फोनको बारेमा विस्तृत जानकारी दिएको छैन। रिपोर्टका अनुसार स्मार्टफोनमा ६.६ इन्चको फुल एचडी प्लस एलसीडी, ८ मेगापिक्सल सेल्फी क्यामरा, ५० मेगापिक्सल प्राइमरी क्यामरा र २ मेगापिक्सल म्याक्रो र डेप्थ यूनिट छ।

स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित रियलमी यूआई ३.० बाट सञ्चालित हुन्छ। रियलमी ९आई फाइभजीले १८ वाट चार्जिङ सपोर्ट गर्छ। फोन २ भेरियन्ट ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज र ६ जीबी र्याम र १२८ जीबी स्टोरेजमा उपलब्ध छ।

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया